• ON AIRआलिदेखी थालीसम्म
  • नेपाल खवर (उज्यालो)

आधिकारिक नक्सा र निसान छाप प्रयोग गर्न सरकारको निर्देशन

सरकारले नेपालको गलत नक्सा र निसान छाप प्रयोग नगर्न सबैलाई निर्देशन दिएको छ । नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिइएको हो । यसअघि नेपालका भूभाग नै नभएका गलत नक्सा र निशान छाप नै नक्कली प्रयोग भइरहेको समाचार सार्वजनिक भएको थियो । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन नै गरी नापी बिभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्रै प्रयोग गर्न आग्रह गरिन् । सबै सरकारी निकायलाई यसबारे आइतबारै पत्राचार गरिने उनले जानकारी दिइन् ।

उनले नक्सा र निसान छापमा कसरी त्रुटी भयो भन्ने कुरा पत्ता लगाइने पनि बताइन् । अनधिकृत नक्सालाई विस्थापित र आधिकारिक नक्सा स्थापित गर्न अनुगमन गर्ने उनको भनाइ छ । अनुगमनको लागि परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेको समिति बनाइएको छ ।
अनधिकृत नक्सालाई विस्थापित र आधिकारिक नक्सा स्थापित गर्न अनुगमन नै गरेर जाने भन्दै उनले नापि विभागले सकेसम्म निःशुल्क र नसके कम शुल्कमा आधिकारिक नक्सा उपलब्ध गराउने उनले जानकारी दिइन् । सबैभन्दा पहिले सरकारी कार्यालय र शैक्षिक संस्थाबाट त्रुटीपुर्ण नक्सा विस्थापित गर्ने योजना छ । मिडियाहरुमा कालापानी लगायतका ठाउँलाई उल्लंघन हुनेगरी नक्सा प्रयोग भएकोप्रति नापी विभागले ध्यानाकर्षण भएको जनाएको छ । गत वर्ष गोरखापत्रले नै तीन पटक गलत नक्सा छापेको पाइएको विभागले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र