• ON AIR

गाउँपालिका महासंघका अध्यक्षकै गाउँपालिकामा ५८ लाख रुपैयाँको भ्रष्टाचार

भदौ २४,सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५८ लाख रुपैयाँको भ्रष्ट्रचार भएको नयाँ तथ्य खुलेको छ । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठकै गाँउपालिकमा यस्तो बेथिति देखिएको छ । बलेफीदेखी तेम्बाथान जाने मोटरबाटो गाउँपालिकाकै ठूलो र महत्वपूर्ण सडक हो । गाउँपालिकाको महत्वपूर्ण बाटो निर्माण समिति गठन गर्ने बेलामा जम्मा ३१ जना उपस्थित गराएर उपभोक्ता समिति बनाएको पाइएको छ । जसमा आधा दर्जनभन्दा बढी त गाउँपालिकाका कर्मचारीमात्र रहेका छन् । असारको सुरुदेखि नै मुनलाइट हाइड्रोपावर, गेलुङ खोला हाइड्रोपावरबाट एक्स्क्याभेटर लगेर बाटो खनिए पनि अध्यक्ष श्रेष्ठको निर्देशनमा उपभोक्ता समिति गठन गरी ५८ लाख २० हजार रुपैयाँ निकासा गरिएको रहस्य बाहिरिएको हो ।


देवेन्द्र शाक्यको अध्यक्षतामा ५ सदस्यीय उपभोक्ता समिति असार २५ गते गठन गरे पनि मिति सच्च्याएर वैशाख २५ मै गठन गरेको बनाइएको छ । जुगल गाउँपालिकाका गजेन्द्र थापाले अख्तियारमा साउन १६ गते उजुरी दर्ता गरेसँगै यो तथ्य सार्वजनिक भएको हो । थापाले बाटो हाइड्रोपावरको डोजरले खनेको भए पनि रातारात उपभोक्ता समिति गठन गरेर ५८ लाख निकासा भएको चाल पाएपछि अख्तियारमा उजुरी गर्नुभएको हो । कोठमा बसेर नक्कली हस्ताक्षर गरी गाउँपालिकाको अध्यक्षकै निर्देशनमा उपभोक्ता समिति बनाएको उजुरी पत्रमा उल्लेख छ । 
 

प्रतिकृया दिनुहोस

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

१८ वैशाख २०८१, मंगलवार रामेछाप–  इलाम क्षेत्र नं. २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुनुभएको छ । नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको

२८ जना सहसचिवको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए 

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– सरकारले २८ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिव सहति २ महानगरपालिकाका प्रमुख