• ON AIRफिल्मी गितहरु
  • लोक लहरी (प्रशान्तको साथमा)

एसिया कप छनोट (क्रिकेट) : नेपालको दोश्रो जित

 भदौ १७, काठमान्डौ– एसिया कप छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले सिंगापुरलाई चार विकेटले हरायो । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा पूरा गरेको हो । नेपालको जितमा अनिलकुमार साहले ४३ रन जोडेका थिए । ओपनिङ आएका अनिलले ३२ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

यसैगरी दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाउँदा ३ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्लले २९ रन जोड्दा सुवास खकुरेल र सागर पुनले १४/१४ रन जोड्दा पारस खड्काले ११ रन जोडे । मोहम्द आरिफ शेख ४ तथा सोमपाल कामी ० रनमा नटआउट रहे । सेलाडोर विजयकुमार र अनन्त कृष्णले दुई/दुई विकेट लिएका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भएको थियो । सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । सुरुवात राम्रो गर्न नसकेको सिंगापुर विरुद्ध नेपाली बलर हावी भए । पहिलो ओभरमा नै सोमपाल कामीले विकेट लिदा सिंगापुरले खाता खोलेको थिएन ।

त्यसपछि उसले १८ रन बनाउदा तीन विकेट गुमाएको थियो । सिंगापुरका सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन् । चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेजारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे । अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो । तर सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन । एक सय १८ रन बनाउदा सिंगापुरका ६ जना खेलाडी पेभेलियन फर्किएका थिए । जब उसका कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो ।

नेपाली बलरसँग संघर्ष गरेर खेलेका उनले टिमका लागि कप्तानी पारी खेले । बलिङतर्फ ललित राजवंशी र सन्दीप लामिछाने तीन तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल

दोस्रो मन्थली नगर कपको उपाधि भटौलीले जित्यो 

२७ माघ २०८०, शनिवार रामेछाप–  मन्थली नगरपालिकाको आयोजनामा भएको दोस्रो मन्थली नगर कप भलिबल प्रतियोगिता–२०८० को उपाधि वडा नं ७ भटौलीले जितेको छ