• ON AIRपुराना लोक गितहरु
  • तिफदी समाचार

साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन

काठमाडौं – साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ ।

२०५७ सालमा मृगौला फेल भएपछि डायलाइसिस गर्दै आउनुभएको दाहालको उपचारका क्रममा धापाखेलमा रहेको सुमेरु अस्पतालमा शुक्रबार साँझ निधन भएको हो । उहाँको निधनको पुष्टि आस्था कला केन्द्रका अध्यक्ष रमेश थापाले गर्नुभयो । 

यज्ञनिधि दाहाल ९दाहाल यज्ञनिधि० नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्थ्यो । २०१० सालमा खोटाङको खाल्लेमा दाहालको जन्म भएको थियो ।  

रेडियो नेपालमा उहाँले चलाएको ‘साहित्य संसार’ कार्यक्रमका कारण उहाँ नेपाली रेडियो जगतमा निकै नै लोकप्रिय हुनुहुन्थ्यो ।  

२०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा उक्त कार्यक्रम चलाउनुभएको थियो । 

दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना, अन्तवार्ता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा अतुलनीय टेवा पुर्‍याउनुभएको साहित्यकार, रेडियोकर्मी तथा चलचित्र निर्देशक प्रकाश सायमीले बताउनुभयो ।

तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन ‘जदौ’ शब्दको सर्वव्यापी प्रयोगलाई उहाँले विस्तार गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन (फोटो फिचर)

१७ वैशाख २०८०, आइतबार रामेछाप– बुधवार देखी मन्थलीमा सुरु भएको अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन पनि जारी रहेको छ । नेपाल पत्रकार महासङ्घ