• ON AIRनेपाल दर्पण (उज्यालो)

संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्छ : प्रधानमन्त्री ओली

भाद्र १७, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्ने बताएका छन् । गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले २०७२ साल असोज ३ गतसंविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुशियालीको रुपमा आएको संविधान पनि जनताले खुशियालीपूर्ण ढंगले मनाउन पाउनुपर्ने बताए ।

उनले यस दिवसलाई सरकारी कार्यक्रम जस्तो मात्र नबनाइ शैक्षिक संस्था, स्थानीय तह लगायतका अन्य निकायहरुले पनि आ–आफ्नो ढंगबाट विविध कार्यक्रम आयोजना गरेर मनाउन आग्रह गरे । ‘संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाती, महिला, दलित, मधेस, पहाड, हिमाल सबैको उत्सवको दिन हो,’ उनले भने, ‘यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।’

प्रधानमन्त्री ओलीले संविधान दिवसको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञाप्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोबाइल सेवामा सहुलियत प्रदान गर्न पनि आग्रह गरे ।

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र