• ON AIRलोक लहरी (प्रशान्तको साथमा)
  • स्थानीय समाचार (मन्जु मगर)

अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर रोक्का

काठमान्डौ– अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड अमेरिकी डलर नदिने निर्णय गरेको छ । पाकिस्तानले आतंकवाद नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सहयोग रकम रोक्का गर्ने निर्णय गरिएको हो । अमेरिकी रक्षा मन्त्रालयका लेफ्टिनेन्ट कर्णेल कोनी फाकनरले विज्ञप्ति निकाली पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएका कारण सहयोग रकम रोक्का गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
यसअघि ट्रम्प प्रशासनले पाकिस्तान उग्रवादीको अखडा बनेको र पाकिस्तानको आडमा अफगानिस्तानमा १७ बर्षदेखि आतंकवाद मौलाएको आरोप लगाएको थियो । यद्यपि, पाकिस्तानले भने अमेरिकी भनाईप्रति आपत्ति जनाएको छ । यसअघि पनि अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ५० हजार अमेरिकी डलरको सहयोग रद्द गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

युद्धका क्रममा गाजामा ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो

२० चैत २०८०, मंगलवार रामेछाप– इजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको ज्यान गएको छ ।  हमास लडाकुले

प्रहरी स्टेसनमा आगलागी, ४०० गाडी जलेर नष्ट

१६ माघ २०८०, मङ्गलवार रामेछाप– भारतको राजधानी दिल्लीमा भीषण आगलागी भएको छ । आगलागीमा ४ सय भन्दा धेरै निजी सवारी साधन जलेर नष्ट भएको हो । उत्तरी

इजरायली सेनाले गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ गर्‍यो

२० पुष २०८०, शुक्रवार रामेछाप– इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट करिब ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको