• ON AIR

एसिया कप क्रिकेट :  सिंगापुरद्वारा नेपाल सामु १५२ रनको लक्ष्य प्रस्तुत 

भदौ १७, काठमान्डौ– एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो चौथो खेलमा सिंगापुरले नेपाल सामु १५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बाङ्गीमा टस जितेर व्याटिङ गरेको सिंगापुर ४२ ओभरमा १५१ रनमा अलआउट भएपछि नेपालले मध्यम लक्ष्य पाएको हो । ४२ औं ओभरमको अन्तिम बलमा कार्थिकेयन सुब्रमन्यमलाई २० रनमा बोल्ड गरेपछि सिंगापुर १ सय ५१ रनमा अलआउट भयो । किफायती बलिङ गरेका बसन्तले ८ ओभरमा २० रन दिएर १ विकेट मात्र लिए ।  सोमपाल कामीले पहिलो ओभरमा मेडन सहित विकेट लिएपछि सिंगापुर सुरुवात मै दवावमा आएको थियो ।

चौथो ओभरमा ललित राजबंशी र पांचौमा सोमपालले अर्को विकेट लिए । चौथो विकेटका लागि क्याप्टेन चेतन सूर्यवंशी र अनिश पर्रामले ८० रनको साझेदारी गरेपछि सिंगापुरको इनिङ्स केही सम्हालिएको थियो । २७ औं ओभरमा पारस खड्काको बलमा दिपेन्द्रसिंह ऐरीले अनिशलाई ३१ रनमा रन आउट गरेपछि नेपाल फेरि खेलमा फर्कियो । चेतन ६० रनमा ३३ औं ओभरमा ललितको बलमा एलबीडब्लु धरापमा परे । सन्दीप लामिछानेले २८ औं ओभरमा मनप्रित सिंहलाई शुन्य र ३४ औं ओभरमा विजय कुमारलाई एक रनमा एलबीडब्लु आउट गरे भने ३६ औं ओभरमा अनन्था कृष्णालाई एक रनमा बोल्ड गरे । ललित र सन्दिपले ३–३ तथा सोमपालले २ विकेट लिएका छन् । 

प्रतियोगितामा अहिले ओमान र हङकङ तथा यूएई र मलेसियाबीच पनि प्रतिस्पर्धा भइरहेको छ । ओमानले हङकङविरुद्ध कमजोर व्याटिङ गर्दा मलेसियाले यूएईलाई मात्र ९३ रनको लक्ष्य दिएको छ ।  तीन खेलमा एकमा मात्र जित हात पारेको नेपाललाई फाइनलमा पुग्न सिंगापुर र हङकङसंगको खेल जित्नै पर्ने दवाव छ । ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल २ अंकमा पांचौ स्थानमा छ । सतप्रतिशत नतिजासहित ओमान ६ अंकमा शीर्ष स्थानमा छ । नेपालले बांकी सवै खेल जिते फाइनल यात्रा सहज बन्नेछ । यद्यपि अन्य खेलको नतिजामा समेत नेपालको यात्रा निर्भर हुनेछ । 

समान ४ अंक भएका हङकङ र यूएई दोस्रो र तेस्रो तथा नेपालसँग समान २ अंक भएको मलेसिया रन रेटमा अगाडि रहंदै चौथो स्थानमा छ । सिंगापुरले भने खाता खोल्न सकेको छैन । 
 

प्रतिकृया दिनुहोस

टी–२० क्रिकेट शृङ्खलामा नेपालको लगातार दोस्रो हार

१९ वैशाख २०८१, बुधवार रामेछाप– टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ’ए’ टोलीसँग ७६ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरको

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल