• ON AIRनेपाल दर्पण (उज्यालो)

पुष्पकमल दाहाल पहिलोपटक सार्वजनिक भएको स्थलमा शान्ति स्तम्भ बन्ने

पोखरा, भदौ १६–  विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका पुष्पकमल दहाल पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन् । तत्कालीन सशस्त्र आन्दोलनरत माओवादी पार्टीका अध्यक्ष दाहाललाई तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले २०६२ जेठमा यही मादी गाउँपालिका–१ सिक्लेसबाट हेलिकप्टरमा राखेर काठमाडौँ ल्याएका थिए । त्यसयता विकसित शान्ति प्रक्रियाले गति लिँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । 
दाहाल पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गर्न लागिएको मादी गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको

२८ जना सहसचिवको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए 

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– सरकारले २८ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिव सहति २ महानगरपालिकाका प्रमुख

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन