• ON AIR
  • स्टेशन सुभारम्भ

कांग्रेस केन्द्रिय समिति वैठक आज

काठमान्डौ– नेपाली कांग्रेस केन्द्रीय समिति वैठक आज वस्दैछ । पार्टीको कार्यसम्पादन समिति गठनमा भागवण्डा मिल्न नसकेपछि हिजो वस्ने भनिएको वैठक आजका लागि सारिएको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा विहान ११ वजेपछि वस्ने वैठकमा आज कार्यसम्पादन तथा अनुशासन समिति लगायत विभिन्न विभागलाई पुर्णता दिने विषयमा छलफल हुने केन्द्रीय सदस्य मिन विश्वकर्माले जानकारी दिनुभयो ।  विश्वकर्माका अनुसार महाधिवेशनको मिति र स्थान तोक्ने विषयमा समेत वैठकमा छलफल हुनेछ । कांग्रेसले भदौ आन्तिम साता महासमिति वैठक वोलाउने निर्णय यसअघि नै गरिसकेको छ । 
महाधिवेशन भएको साढे २ वर्ष भईसक्दा समेत पार्टीका अधिकांश विभागहरुले पुर्णता पाउन नसकेको भन्दै सभापति शेरवहादुर देउवाको आलोचना भईरहेका वेला केन्द्रीय समिति वैठक बोलाईएको हो । कार्यसम्पादन समितिमा रहने सदस्यहरुका सम्वन्धमा संस्थापन र वरिष्ठनेता रामचन्द्र पौडेलपक्षवीच सहमति हुन नसक्दा हिजो वैठक स्थगित भएको थियो ।  पदाधिकारी वाहेक २२ सदस्य रहने कार्यसम्पादन समितिमा सदस्यको भागवण्डा मिल्न सकेको छैन । यस्तै विधान मस्यौदा समितिमा रहने सदस्यहरुका सम्वन्धमा समेत २ पक्षवीच भागवण्डा मिल्न सकेको छैन ।
 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन