• ON AIRस्थानीय समाचार
  • हाम्रो नेपाल,राम्रो नेपाल

इमरान सरकारी निवासमा बसेनन् 

इस्लामावाद — पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री तथा पूर्वक्रिकेटर इमरान खानले सोमबार विभिन्न लोकप्रिय निर्णय गरेका छन् । आफ्नो इनिङ आक्रामक रुपमा सुरु गरेका खानले दरबार जस्तो प्रधानमन्त्री निवासलाई अनुसन्धान विश्वविद्यालयमा परिणत गर्ने घोषणा गरेका छन्। उक्त घोषणासँगै खान सैनिक सचिवालयको सामान्य तीन बेडरुमको घरमा सरिसकेका छन्।उनले आफूले बानिगालास्थित घरमा बस्न चाहेपनि सुरक्षा अधिकारीले खतरा देखाएकाले सैनिक सुरक्षा भएको घरमा बस्नुपरेको उनले बताएका छन्।उनले विगतमा प्रधानमन्त्रीका सहयोगी र सहायकका रुपमा कार्यरत ५ सय २४ जनाको टिमलाई २ मा सीमित पार्ने जनाएका छन्।खानले विगतमा प्रधानमन्त्रीका लागि छुट्याइएका ३३ वटा बुलेट प्रुफ कारसहित ८० वटा गाडी लिलामीमा बिक्री गरी शिक्षाबाट वञ्चित करिब २ करोड बालकालिकालाई विद्यालय पढ्न पठाउने जनाए। खानले लिलामीमा राखिने गाडी खरिदका लागि व्यपारीलाई आह्वान समेत गरे।

प्रधानमन्त्रीको लागि छुट्याइएको अतिरिक्त हेलीकोप्टर समेत विक्री गर्ने जनाउँदै खानले उक्त रकम मातृशिशु मृत्युदर घटाउन खर्चने घोषणा गरे। उनले राष्ट्रका नाममा सम्बोधन गर्दै राज्यको खर्च कम गर्न आफुले सेवासुविधा कम गर्न लागेको बताए। ‘प्रधानमन्त्रीसँग ३३ बुलेटप्रुफ कार, उड्नलाई हेलिकप्टर र जहाज छन्। तर जनताका आवश्यकता पुरा गर्ने पैसा छैन,’ इमरानले भने। उनले विगतका शासकले नवउपनिवेश कायम गर्ने गरेको आरोप लगाए। खानले प्रधानमन्त्री तथा उच्चपदस्थ व्यक्तिको भ्रमणमा हुने अनावश्यक खर्च कटौती गर्ने जनाए। उनले सबै सरकारी निवासहरु सकेसम्म सामान्य बनाउने बताए। उनले नयाँ सोचले मात्र नयाँ पाकिस्तान बन्ने उल्लेख गरे।

यसअघि खानले देशमा भ्रष्टाचारको अत्य गर्न अभियान नै चलाउने बताएका थिए। भ्रष्टाचारीप्रति शून्य सहनशिलता अपनाउने बताउँदै इमरानले राष्ट्रको सम्पत्ति लुट्नेलाई आफूले नछोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पाकिस्तान मुस्लिम राष्ट्रका रुपमा स्थापित भएदेखि नै जनताले स्थायित्व र सुशासनको लागि प्रतिक्षा गरेपनि ७१ वर्ष खेर गएको दाबी गर्दै उनले भने, ‘अब म देशवासीको परिवर्तनको चाहना पूरा गरेरै छाड्छु।’ उनले आफू राजनीतिक परिवारको सदस्य नभएको बताउँदै आफूले जनतासमक्ष गरेका बाचा पुरा गर्ने प्रतिबद्धता जनाए। उनले पाकिस्तानमा भ्रष्टाचार मौलाएका कारण जनतामा छाएको निराशाको अन्त्य गर्ने दाबी गरे।

प्रतिकृया दिनुहोस

युद्धका क्रममा गाजामा ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो

२० चैत २०८०, मंगलवार रामेछाप– इजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको ज्यान गएको छ ।  हमास लडाकुले

प्रहरी स्टेसनमा आगलागी, ४०० गाडी जलेर नष्ट

१६ माघ २०८०, मङ्गलवार रामेछाप– भारतको राजधानी दिल्लीमा भीषण आगलागी भएको छ । आगलागीमा ४ सय भन्दा धेरै निजी सवारी साधन जलेर नष्ट भएको हो । उत्तरी

इजरायली सेनाले गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ गर्‍यो

२० पुष २०८०, शुक्रवार रामेछाप– इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट करिब ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको