• ON AIRतिफदी समाचार
  • राष्ट्रिय गितहरु

महासमिति बैठक सरे महाधिवेशन नै प्रभावित : पौडेल

काठमाडौं – कांग्रेस नेता रामचन्द्र पौडेलले महासमिति बैठक सार्न खोजेर पार्टी नेतृत्वले १४औँ महाधिवेशनलाई नै प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । महासमितिमा प्रस्तुत गरिने विधान संशोधन समिति गठनका लागि आफूले तीन हप्ताअघि नै नाम दिए पनि पार्टी नेतृत्वले आफूलाई बदनाम गराउन खोजेको उनको भनाइ छ । ‘तीन हप्ता भइसक्यो विधान संशोधन समितिका लागि नाम दिएको, तर, मैले नाम दिएको छैन भन्ने बहानामा समिति नबनाई महासमिति बैठक नै पर सार्ने प्रयत्न भएको छ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘तत्काल विधान समिति बनाएर भदौमा महासमिति बैठक राख्नुपर्छ । पहिलेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ । अन्यथा १४औँ महाधिवेशनसमेत प्रभावित हुन्छ ।’

 नेविसंघप्रति चिन्ता
नेता पौडेलले नेपाल विद्यार्थी संघको महाधिवेशन घोषणा नगरेर बर्बाद गर्न खोजेको आरोप पनि लगाए । ‘नेविसंघलाई बर्बाद गर्न खोजिँदै छ, यसमा गम्भीर चिन्ता लागेको छ,’ उनले भने, ‘तीन महिना थपेर मात्र पुग्दैन । तत्कालै क्याम्पस, जिल्ला, प्रदेश अधिवेशन सकेर केन्द्रीय अधिवेशन दसैँ र तिहारको बीचमा गर्नुपर्छ । अन्तिम समयमा गर्ने भन्न थालियो भने फेरि पनि महाधिवेशन हुँदैन ।’

 तत्काल संशोधन समिति बन्ने
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक–दुई दिनमै विधान संशोधन समितिले अन्तिम रूप पाउने जानकारी दिए । ‘अब एक–दुई दिनमै विधान बनाउने समिति गठन हुन्छ,’ उनले भने, ‘त्यसपछि महासमिति बैठकको तयारीसम्बन्धी, विभाग गठनसहितका विषयमा छलफल गर्न ८ भदौमा केन्द्रीय समितिको बैठक बस्छ ।’ सभापति शेरबहादुर देउवा आइतबार मात्र उपचारपछि स्वदेश फर्किएका थिए । संशोधन समिति गठनसहितका विषयमा उनले महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितका नेतासँग सोमबार छलफल गरेका छन् । छलफलपछि एक–दुई दिनभित्रैमा समिति गठन गर्ने तयारी देउवाले गरेका हुन् ।

 को–को हुनेछन् समितिमा ?
विधान मस्यौदा समितिको संयोजक महामन्त्री पूर्णबहादुर खड्का हुनेछन् । समितिमा संस्थापन पक्षबाट रमेश लेखक, मानबहादुर विश्वकर्मा, चित्रलेखा यादव र अर्का एकजना हुनेछन् । पौडेल र सिटौला पक्षबाट डा। मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशी, दिलेन्द्रसाद बडू र प्रदीप पौडेल सदस्य रहनेछन् ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन