• ON AIR
  • स्टेशन सुभारम्भ

१८औं एसियाली खेलकुद : नेपाल समूह चरणको अन्तिम खेलमा पनि पराजित

  भदौ ३–  १८औं एसियाली खेलकुद अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा पनि पराजय व्यहोरेको छ । सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल जितबिहीन हुँदै घर फर्कियो । इण्डोनेशियाको बेकासीमा रहेको प्याट्रियट्स चन्द्राबागा रंगशालामा खेलको १२औं मिनेटमै नेपालले उपहार गोलमार्फत अग्रता लिएको थियो । रोहित चन्दको प्रहार क्लियर गर्न लाग्दा पाकिस्तानका साहवाज योनासले आफ्नै पोष्टमा गोल गरेका थिए ।

पहिलो हाफमा लिएको अग्रता नेपालले जोगाउन सकेन । ५४औं मिनेटमा मोहम्मद विलालले गोल गरी खेल बराबरीमा ल्याए । ७२औं मिनेटमा पाकिस्तानले पेनाल्टी पायो । नेपाली कप्तान किरण चेम्जोङलाई छक्याउँदै पाकिस्तानका सद्धाम हुसेनले गोल गरी अग्रता दिलाए । त्यसयता गोल हुन सकेन र नेपाल तेस्रो खेलमा पनि पराजित भयो ।एसियाड अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह डीमा परेकोमा पहिलो खेल जापानसँग १–० ले हारेको थियो भने दोस्रो खेलमा भियातनामसँग पनि ३–० ले हारेको थियो । पाकिस्तानलाई हराउँदै समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा पुग्ने नेपालको सम्भावना पनि यो हारसँगै सकिएको छ । 

प्रतिकृया दिनुहोस

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल