• ON AIRकार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा) Dohori Competition
  • स्थानीय समाचार

रामेछापमा भदौ दोश्रो हप्ता वृहत साहित्य सम्मेलन हुने

मन्थली– साहित्य, कला र संस्कृतिको संरक्षणका लागी रामेछापमा वृहत् रामेछाप संस्कृति, कला ,साहित्य सम्मेलन  हुने भएको छ । सम्मेलन जिल्लाका ८ ओटै स्थानीय तहहरुको अयोजना र सचेतना अभियान ( सान ) को सहआयोजनामा आगामी भदौ ८ र ९ गतेसदरमुकाम मन्थलीमा सो सम्मेलन हुन लागेको हो । जिल्लाको साहित्यिक अवस्थालाई मजबुद बनाउन, कला साहित्यका माध्यमले स्थानीय निकायलाई समृद्ध बनाउन पलह गर्न, जिल्लाका नविन स्रष्टाहरुलाई लेखनमा प्रोत्साहन गर्न तथा पुराना स्रष्टाहरुको सम्मानका लागि सम्मेलनको आयोजना गर्न लागिएको सम्मेलन मुल समारोह समितिका संयोजक धनलाल योञ्जनले बताए । 
स्थानीय निकायका प्रमुख तथा पदाधिकारी, जिल्लास्थित उद्योगी, व्यवसायी, कलाकर्मी लगायतलाई जिल्लाको कला साहित्य प्रति थप जिम्वेवार बनाउन पनि कार्यक्रमले सहयोग गर्ने उनको भनाई छ । दुई दिनसम्म चल्ने सो कार्यक्रममा विभिन्न कला संस्कृति झल्कने झाकि सहतिको प्रभातफेरी , कोणसभा , साहित्यिक रचनाहरु प्रस्तुतीकरण लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन (फोटो फिचर)

१७ वैशाख २०८०, आइतबार रामेछाप– बुधवार देखी मन्थलीमा सुरु भएको अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन पनि जारी रहेको छ । नेपाल पत्रकार महासङ्घ