भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि अपराह्न ४ बजे
काठमाडौ– भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । ९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ ।
शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ । वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने बीबीसीले जनाएको छ । उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको छ ।
युद्धका क्रममा गाजामा ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो
२० चैत २०८०, मंगलवार रामेछाप– इजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको ज्यान गएको छ । हमास लडाकुले
प्रहरी स्टेसनमा आगलागी, ४०० गाडी जलेर नष्ट
१६ माघ २०८०, मङ्गलवार रामेछाप– भारतको राजधानी दिल्लीमा भीषण आगलागी भएको छ । आगलागीमा ४ सय भन्दा धेरै निजी सवारी साधन जलेर नष्ट भएको हो । उत्तरी
इजरायली सेनाले गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ गर्यो
२० पुष २०८०, शुक्रवार रामेछाप– इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट करिब ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको
प्रतिकृया दिनुहोस