• ON AIR
  • स्टेशन सुभारम्भ

हाम्रो बारेमा

सबै

रेडियो तिफदी ९९.१ मेगाहर्ज जनसञ्चार सहकारी संस्था लिमिटेद्धारा सञ्चालित सामुदायिक रेडियो हो । डिभीजन सहकारी कार्यालय दोलाखामा २०६८ साल जेष्ठ ६ गते दर्ता भएको सहकारीको दर्ता नं. ५५५ रहेको छ । जनसञ्चार सहकारी संस्थाको अधिनमा रहने गरि २०६८ जेष्ठ २३ गते सूचना तथा सञ्चार मन्त्रलायमा विधिवत रुपमा दर्ता भएको यस रेडियोले दर्ता नं. ५१७ मा रेडियो प्रसारणको लागि लाइसेन्स नम्बर प्राप्त गरेको हो । २०६८ साल फाल्गुन १४ गतेबाट आफ्नो पहिलो परिक्षण प्रसारण सुरु गरेको यस रेडियो तिफदी, सूचना तथा सञ्चार मन्त्रलयबाट २०६९/१/६ गते नियमित प्रसारणको लागि जारि भएको पत्रअनुसार अहिले निरन्तर नियमित प्रसारणमा छ ।